FAQs Complain Problems

संक्षिप्त परिचय

भौगोलिक अवस्था :- संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको मधेश  प्रदेश  अन्तर्गत पर्ने तराई क्षेत्रको जिल्ला रौतहट सदरमुकाम गौर भन्दा उतर २२ कि.मी र चंद्रपुर भन्दा २० कि.मी दक्षिणमा रहेको रौतहट जिल्लाको मध्य भागमा रहेको गरुडा नगरपालिकाको पूर्वमा गढ़िमाइ नगरपालिका, पश्चिममा कटहरिया नगरपालिका, उत्तरमा वृन्दावन नगरपालिका र दक्षिणमा माधवनारायण नगरपालिका रहेको छ । विं. स. २०७१ मंसिर १६ गतेको नेपाल सरकार मन्त्रिपरिषदको निर्णय बमोजिम विं. स.२०७१ पुस २१ गते औपचारिक रुपमा साविकको गा.बि.स.हरु गरुडा बैरिया , महमदपुर, जयनगर, गेडहीगुठी, मलाही, पोठियाही र बसबिट्टी जिगडिया समायोजन भै गरुडा नगरपालिकाको स्थापना भएको हो । यसपश्चात लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्था पश्चात स्थानीय तह पूर्नसंरचनाका लागि गरिएको निर्णयानुसार साविक गा.बि.स. पिपरिया दोस्तिया र रघुनाथपुर् गाविसको समायोजन भइ ९ वटा वडा सहितको नगरपालिको प्रवद्धिकरण भएको हो । यस नगरपालिकाको क्षेत्रफल ४४ .४६ वर्ग कि.मी. रहेको छ । जातिय, धार्मिक, भाषिक, साँस्कृतिक, सामाजिक तथा राजनैतिक महत्व तथा विशेषता बोकेको यस गरुडा नगरपालिकाले आफ्नै खालको धार्मिक, राजनैतिक र सामाजिक महत्व र विशेषता बोकेको छ । सामाजिक अवस्था :- गरुडा न.पा. रौतहटकै प्रगति उन्मुख नगर हो । जहाँ बिजुली, बत्ती, खानेपानी, बाटो घाटो, पुल, अस्पताल, विद्यालय उच्चशिक्षा खेलकुद लगायत सम्पूर्ण दृष्टिले  सु सम्पन्न नगर हो ।यहाँ मुख्यत व्यापार ब्यबशाय ,कृषि मुख्य आम्दानीको स्रोत रहेको छ  । यहाँ मुस्लिम,यादव,कलवार लगायत बिभिन्न जातजातिको बसोबास रहेको छ l। यस नगरपालिकाको वडा नम्बर ५ शिवनगरमा रहेको शिव मन्दिर आकर्षण को केन्द्र रहेको छ ।बिभिन्न धर्म सस्कृती मान्ने व्यक्तिहरुको बसोबास रहेको  यस नगरपालिकामा एक अर्का प्रति सहयोग र अपनत्वको भावना देखिन्छ।बिभिन्न भाषाभाषी को बासोबास रहेको यस नगरपालिकामा मुख्यत बज्जिका भाषा बोलिन्छ ।